पोखराको बेसीमार्गमा सरकारी जग्गा मिचेर बनाइएका संरचनामा महानगरको डोजर
पाेखरा | फागुन २४, २०८०
पोखरा: पोखरा महानगरपालिका–२ बेसीमार्गमा सरकारी जग्गा मिचेर बनाइएका संरचनामा महानगरपालिकाले डोजर लगाएर भत्काएको छ । सरकारी जग्गामा व्यक्तिले मिचेर बनाइएका संरचनामा वडा कार्यालयको पहलमा आज (बिहीबार) डोजर लगाएर भत्काएको हो ।
पोखरा महानगरपालिका–२ का वडाध्यक्ष विवसमान प्रधानाङ्गले सरकारी जग्गा मिचेर बनाइएका १ सय मिटर क्षेत्रको अस्थायी संरचना हटाइएको बताए ।

‘वर्की चौतारादेखि लाभिन रेसिडेन्सियल स्कुलसम्म सार्वजनिक जग्गा मिचेर व्यक्ति र विद्यालयले वाल निर्माण गरेका थिए’, वडाध्यक्ष प्रधानाङ्गले भने, ‘जिल्ला नापी कार्यालय कास्कीको फिल्ड वुकमा यस स्थानमा सार्वजनिक बाटो कायम छ, सरकारी जग्गामा निर्माण भएका अस्थायी संरचना हटाउन सूचना प्रकाशित गरिएपनि नहटाएपछि आज हटाएका हौं ।’
उनले अस्थायी संरचना हटाइएका सार्वजनिक क्षेत्र वर्की चौतारादेखि लाभिन रेसिडेन्सियल स्कुलसम्म सडक निर्माण हुने बताए ।
पोखरा महानगरपालिका–२ ले सार्वजनिक जग्गा मिचेर बनाइएका वर्की चौतारादेखि लाभिन रेसिडेन्सियल स्कुल गेटसम्म करिव १ सय मिटर लम्बाई र ६ मिटरको चौडाइमा पक्की सडक बनाउने योजना अगाडि सारेको छ ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

